जनकपुरः लागुऔषधमा ४ महिनामै ४० यूवामाथि मुद्दा


जनकपुरधाम । धनुषामा लागुऔषधको कारोबार बढ्दै गएको छ । प्रहरीले ४ महिनाको अवधिमै ४० जना युवकमाथि लागुऔषध ओसार पोसार गरेको आरोपमा मुद्दा चलाइएको हो ।

चालु आर्थिक वर्षको साउनदेखि मंसिर सम्ममा जिल्ला प्रहरी कार्यालय धनुषाले ४० जनामाथि लागुऔषध ऐन नियन्त्रण अन्तर्गत मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छ ।

सो अवधिमा पक्राउ परेकाहरुको साथबाट १ सय ३० किलोग्राम गाँजा, २ हजार ८ सय ४५ वटा नाइट्राभेट ट्याब्लेट, स्पास्मो प्रोक्सीभन ४२ वटा क्यापूसल तथा चार बोतल स्बसपोलन बरामद गरेको प्रहरीको तथ्यांक छ ।

प्रकाशित : २०७८ पुष २५, आईतवार ०८:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ