नेपालमा ओमिक्रोन त्रासः १५ दिन शैक्षिक संस्था बन्द गर्न सुझाव


काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्न सुझाएका छन् ।

थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा आयोजित कार्यक्रममा महरले देशमा फेरि कोरोना जोखिम बढेकाले बालबालिकालाई त्यसको सम्भावित खतराबाट बचाउनुपर्ने बताएका छन् ।

सरकारले अझै १८ वर्ष मुनिका सबै बालबालिकालाई खोपको उपलब्धता गराउन नसकेको र छिमेकी मुलुक भारतमा कोरोना तीव्र बनेसँगै नेपाल पनि त्यसको उच्च जोखिममा रहेको उनले बताए । यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम हुने उनको भनाइ छ ।

नेविसंघका पूर्व अध्यक्षसमेत रहेका महरले १५ दिन पहिलाको जस्तै वैकल्पिक विधि अपनाएर वा १५ दिनलाई हिउँदे बिदामा मिलाएर भए पनि शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् ।

प्रकाशित : २०७८ पुष २५, आईतवार १०:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ