माग पुरा नभएसम्म किसान आन्दोलन जारी रहन्छ : निर्मल मण्डल


टुडेखोज, जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय सदस्य निर्मल मण्डलले माग पुरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेका छन् ।

कोरोना संक्रमण बढेपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले २५ जनाभन्दा बढी मासिनलाई जम्मा हुन नदिन गृह मन्त्रालयलाई पत्राचार गरे । त्यसपछि जनमत पार्टीका नेता मण्डलको यस्तो अभिव्यक्ति आएको हो ।

नेता मण्डलले सरकारले उच्च स्तरिय वार्ता टोली बनाएर किसानहरुसंग वार्ता नगरेसम्म किसान आन्दोलन नरोकिने बताएका हुन् । उनले भनेका छन्- सरकारको कतै कुनै नियम-उपनियम लागु हुँदैन र आन्दोलन जारी रहन्छ ।

किसान आन्दोलनलाई कमजोर ठान्ने र यसलाई अपमानित गर्ने काम कसै-कतैबाट प्रयास गरियो भने देशका लागि दुर्भाग्य हुने उनको भनाई छ । उनले किसानको जाय माग पुरा गर्न र समृद्ध देश निर्माण गर्ने अभियानमा जुट्न सम्पूर्ण पक्षसँग अपिल समेत गरेका छन् ।

जनमत पार्टीले किसानलाई मलखाद समयमा सहज रुपले उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था वा विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदै माग राखेर आन्दोलनरत छ ।

प्रकाशित : २०७८ पुष २६, सोमबार ०८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ