भोलिबाट विद्यालय बन्द हुने, विश्वविद्यालयका परीक्षा नरोकिने (हेर्नुस् विज्ञप्ती)


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारबाट विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सबै आधारभूत र माध्यमिक विद्यालय बन्द गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माका अनुसार वार्षिक विदामा मिलान गर्नेगरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो । विदाको समयमा १२ देखि १७ वर्ष उमेरसमूहका विद्यार्थीहरुलाई सबै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमा गएर खोप लगाउन पनि आग्रह गरेको छ ।

यो पनि हेर्नुस् :
प्रदेश २ सरकारले शहीद परिवारलाई ३/३ लाख दिने तयारीमा
जसपा फेरी संकटमा : बाबुराम भट्टराईसँग किन डराए उपेन्द्र यादव ?
मास्क नलगाई हिँडे सय रुपैयाँ जरिवाना

 

प्रकाशित : २०७८ पुष २६, सोमबार १४:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ