पृथ्वी जयन्तीमा सरकारले दिएन सार्वजनिक बिदा


काठमाडौं । पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिने भएको छ । गृहमन्त्रालय स्रोतका अुनसार सरकारले भोली सार्वजनिक बिदा नदिने निश्चित भएको हो ।

हरेक सोमबार नियमित बस्दै आएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवा होम आइसोलेसनमा भएका कारण आज बस्न सकेन । जसका कारण बिदा सम्बन्धि कुनै छलफल नै भएन । मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाणले पृथ्वी जयन्त्रीको अवसरमा बिदा दिनेरनदिने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न खोजेका थिए । तर देउवा आइसोलेसनमा भएका कारण सम्भव नभएको स्रोतले जनाएको छ ।

मन्त्रालयका उच्च अधिकारीहरुले पृथ्वी जयन्ती भनेर नदिए राष्ट्रिय एकता दिवस भनेर सार्वजनिक बिदा दिन सुझाव दिएका थिए ।राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका विभिन्न दल र नेताले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिन सरकारसँग माग गर्दै आएका थिए ।

गृह सचिवले भोलि सार्वजनिक विदा नहुने भयो भनेर मन्त्रालयका उच्च अधिकारीलाई जानकारी गराइसकेको स्रोतले जनाएको छ । गृह मन्त्रालका प्रवक्ता प्रदिपकुमार कोइरालाले भने अहिलेसम्म भोलि विदा दिनेबारे आफुलाई कुनै पनि जानकारी नआएको बताएका छन् ।

प्रकाशित : २०७८ पुष २६, सोमबार १८:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ