शिक्षामन्त्री पौडेलमा कोरोना पुष्टि


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज पीसीआर परीक्षण गराउँदा उनी संक्रमित भएको पुष्टि भयो ।

मन्त्री पौडेलका प्रेस संयोजक बिमल खड्काका अनुसार सोमवार रुघा र सामान्य खोकी लागेपछि उनको कोरोना परीक्षण गरिएको थियो । अहिले मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइशोलेसनमा बसेका छन् ।

मन्त्री पौडेलको दैनिक भेटघाटका कार्यक्रम केही दिनका लागि स्थगित गरिनुका साथै केही दिनदेखि सम्पर्कमा रहेका सबैले स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि संयोजक खड्काले अनुरोध गरेका छन् ।

प्रकाशित : २०७८ पुष २६, सोमबार १९:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ