प्रदेश २ः इँटाको पर्खाल भत्किँदा एकको मृत्यु


राजविराज । सप्तरीको रुपनी गाँउपालिका ६ तेरहौताको इँटा उद्योगमा काँचो इँटाको पर्खाल भत्किँदा एक जना कामदारको मृत्यु भएको छ ।

रुपनी ६ तेरहौतास्थित विशाल इँटा उद्योगमा पकाउनका लागि इँटा चाङ लगाउने क्रममा काँचो इटाको पर्खाल भत्किँदा रुपनी गाँउपालिका ६ की ५० वर्षीया जतरीदेवी सरदारको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पर्खाल भत्किँदा घाइते भएकी जतरीदेवी, कृष्णासवरण गाउँपालिका ४ का मंगल सदा र भारत रायबरेली मधुवनका रमेशकुमार लौउदी गम्भीर घाइते भई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएकोमा जतरीदेवीको उपचारका क्रममा मृत्यु भएको हो ।

अन्य घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ पुष २६, सोमबार १९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ