जनकपुरमा गणपति सप्ताह : महिला पत्रकारहरु सम्मानित, २५ जनाद्वारा रक्तदान


जनकपुरधाम । जनकपुरधाम स्थित श्री गणेश युवा कमिटीले जनकपुरधामको महिला पत्रकारहरुलाई सम्मान गरेको छ । ‘श्री गणपति सप्ताह २०७८’ आयोजना गरि कमिटीले आफनो २३ औं वार्षिकोत्सव मनाउने क्रममा सप्ताहको पाँचौ दिन मंगलवार स्व. पत्रकार उमा सिंहको स्मृती दिवस पर्न गएकाले कमिटिले जनकपुरधाम कर्मक्षेत्र बनाएर पत्रकारिता गर्ने करिव डेढ दर्जन महिला पत्रकारहरुलाई सम्मान गरेको हो ।

कमिटीका निर्देशक समेत रहेका पत्रकार पुरन साह रौनियार र कमिटीका उपाध्यक्ष पत्रकार संजय साहको पहलमा कमिटिले क्रियाशिल महिला पत्रकारहरुलाई सम्मान गरेको हो । निर्देशक रौनियारले कमिटिमा छ जना पत्रकारहरु सदस्य समेत रहेको र ‘श्री गणपति सप्ताह २०७८’ मनाउने क्रममा स्व. पत्रकार सिंहको स्मृती दिवस पर्न गएकाले विशेष गरि क्रियाशिल महिला पत्रकारहरुलाई सम्मान गरिएको बताए ।

कमिटिका अध्यक्ष सन्तोष महतोले शाहासिक पेशा अपनाएर सक्रिय पत्रकारिता गरेरहेकी र विभिन्न माध्यमले कमिटीको सम्पर्कमा आएकी महिला पत्रकारहरुलाई सम्मान गर्न पाँउदा खुसी लागेको बताए । साथै आर्थिक रुपले कमजोर पत्रकार प्रतिभा झालाई सम्मानका साथै नगद ५१ सय सहयोग गरिएको समेत उनले बताए ।

कार्यक्रमकी प्रमुख अतिथि पुर्व संघिय सञ्चार राज्यमन्त्री सुरिता साहले उमा सिंहको नाउमा कम्तीमा प्रदेश २ मा प्रतष्ठिान बन्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै दुःख व्यक्त गरेकी छन् । स्व. सिंह मधेशको पत्रकारितामा खास गरि मधेशी मुलकी छोरीचेलीका लागि पत्रकारिता जगतमा प्रेरणाको स्रोत नै रहेकाले उनको सम्मानमा प्रतिष्ठान गठन हुनुर्पेमा उनको जोड थियो ।

यस्तै धनुषाबाट सरुवा भएर काठमाण्डौं जान लागेका सश्स्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षकलाई कमिटिका अध्यक्षका साथै पुर्व अध्यक्ष सुरेन्द्र भण्डारीले सम्मान र बिदाई गरेका थिए । सोहि अवसरमा कमिटी प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको कमिटिले जनाएको छ ।

प्रकाशित : २०७८ पुष २७, मंगलवार १४:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ