जनकपुरः प्लाष्टिक उद्योगमा आगलगी, करोडौंको क्षति


जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ स्थित भगवतीपुरमा रहेको जानकी प्लाष्टिक उद्योगमा आगलगी भएको छ । आगलगीबाट उद्योगमा करोडौंको क्षति भएको हो ।

नवल मुररकाले सञ्चालन गरेको जानकी प्लाष्टिक उद्योगमा विद्युत सर्ट भएर आगलगी भएको प्रहरीले जनाएको छ । आगलगीबाट मेसिन, केमिकल, कच्चा पदार्थ, तयार मालसामान, काठपात, लत्ता कपडालगायतका सामाग्री जलेर नष्ट भएको बताइएको छ ।

आगलगीबाट करिब १० करोडको क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीको भनाई छ । आगलगी स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो ।

प्रकाशित : २०७८ पुष २७, मंगलवार १९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ