प्रहरीको ईतिहासमै पहिलो पटक मधेसी महिला बनिन् डीआईजी, गृहमन्त्रीलाई धन्यवाद !


काठमाडौं । नेपाल प्रहरीको डीआईजीमा पूजा सिंहको बढुवा गरेकामा गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वको टोलीले धन्यवाद ज्ञापन गरेको छ ।

नेपाल प्रहरीको इतिहासमा डीआईजी बन्‍ने सिंह पहिलो मधेसी महिला हुन् । ‘मधेसी महिला सिंहलाई नायब महानिरीक्षकमा बढुवा गर्नुभएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी आएका हौं’, कांग्रेस केन्द्रीय सदस्य यादवले भने ।

काँग्रेस सप्तरीका सभापति समेत रहेका यादवले अब प्रधानमन्त्रीलाई पनि भेटेर हामीले धन्यवाद ज्ञापन गर्ने बताएका छन्  । उनले सरकारले उदाहरणीय काम गरेको पनि बताए ।

प्रहरी निरीक्षक (ईन्सपेक्टर)बाट सेवा प्रवेश गरेकी सिंह प्रहरी सङ्गठनमा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रुपमा परिचित छिन् ।

प्रकाशित : २०७८ पुष २७, मंगलवार २१:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ