सिरहामा प्याब्सन प्रदेश २ को अधिवेशन सम्पन्न, अध्यक्षमा रेग्मी निर्वाचित


संजय विश्वकर्मा, लहान । सिरहामा भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन प्रदेश २ को तेस्रो अधिवेशनबाट मंगलवार नयाँ नेतृत्व चयन गरिएको छ ।

सिरहा जिल्लामा सम्पन्न अधिवेशनमा प्रदेश २ को अध्यक्ष पदमा रौतहटका दिपक कुमार रेग्मी निर्वाचित भएको हो । अध्यक्ष र सचिव पदमा सहमति नजुटेपछि निर्वाचन भएको छ । बाँकी अन्य पदमा भने निर्वाचन भएन, सर्वसम्मत रुपमा चयन गरिएको छ ।

प्याब्सन प्रदेश २ मा ३ सय ५१ मतदाता संख्या रहेकोमा २ सय २७ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष र सचिब पदका लागी खसेको कुल २ सय २७ मतमा अध्यक्ष पदमा ४ मत बदर भएको थियो । सचिव पदमा ७ मत बदर भएको थियो ।

अध्यक्षमा निर्वाचित रेग्मीका प्रत्यासी उम्मेदवार राकेश कर्ण २७ मतको फरक अन्तरले पराजित भएको जनाईएको छ । त्यसैगरी सचिव पदका प्रत्यासी उम्मेदवार विश्वलाल सिंहलाई ३१ मतको फरक अन्तरले (धनुषा) का गणेश कुमार साह पराजित गरी विजय भएको थियो ।

अधिवेशनले १३ सदस्य नयाँ कार्यसमिति चयन भएको छ । बरिष्ठ उपाध्यक्षमा श्याम कुमार केसी (पर्सा), उपाध्यक्षमा जगदिश प्रसाद सिंह (धनुषा), महिला उपाध्यक्षमा रिभा ठाकुर (सप्तरी) , कोषाध्यक्षमा मीरा थापा (सिरहा), सह-कोषाध्यक्षमा मनोज कुमार यादव (सिरहा), सह-सचिवमा हरी बहादुर थापा (सर्लाही) चयन भएका छन् ।

यस्तै सदस्यहरुमा क्रमश : सिंहेश्वर पासवान (सिरहा) , दिलबहादुर फुयाँल (सर्लाही) , राम सोगारत साह (महोत्तरी), डा. हरिशंकर प्रसाद साह (पर्सा), इमामुद्धिन अहमद (पर्सा) निर्बिरोध रुपमा चयन भएको प्याब्सन सिरहाका बरिष्ठ उपाध्यक्ष उमेश कुमार यादवले बताएका छन् ।

सोमवार भएको अधिवेशनको खुल्ला शत्रको कार्यक्रमलाई संघिय सरकारका शिक्षा बिज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले प्रमुख अतिथिको रुपमा उद्घाटन गरेकी थिइन् । निबर्तमान प्याब्सन प्रदेश २ अध्यक्ष मुरारी प्रसाद साहको अध्यक्षतामा संचालित कार्यक्रममा केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारीहरुको उपस्थिति थियो ।

तिन बर्ष कार्यकालका लागि नव निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराई अधिवेशनमा सहभागी सम्पुर्णले सफल कार्यकालको शुभकामना समेत दिएको प्याब्सन सिरहा अध्यक्ष उमेश कुमार चौधरीले बताए ।

प्रकाशित : २०७८ पुष २८, बुधबार ०७:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ