वीरगञ्जमा किसान महारैलीको सम्बोधन कुशवाहाले गर्ने


टुडेखोज, जनकपुरधाम । प्रदेश २ को वीरगञ्जमा हुने किसान महारैलीको सम्बोधन जनमत पार्टीका उपाध्यक्ष ई. बसन्त कुशवाहाले गर्ने भएका छन् ।

जनमत पार्टीले पुस ३० मा मधेसका सबै जिल्लाको सदरमुकाममा किसान महारैलीको घोषणा गरेको हो । किसानको विभिन्न मुद्दा बोकेर राजमार्ग केन्द्रीत आन्दोलन गरिरहेका जनमतले आफ्नो शक्ति प्रदर्शन गर्न किसान महारैली गर्न लागेको बुझिएको छ ।

किसानलाई मलखाद समयमा सहज रुपले दिनुपर्ने, सिँचाई वा विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, उखु किसानको बक्यौता रकम तत्कालै उपलब्ध गराउनुपर्ने लगायतका ११ बुँदे माग राखेर जनमत पार्टी आन्दोलनरत छ ।

किसान आन्दोलनलाई भने सरकार असफल बनाउन लागिपरेको छ । प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोग नै गरे । तरपनि जनमत पार्टी किसानको मुद्दा सम्बोधन नगरेसम्म संघर्ष जारी राख्ने स्पष्ट पारिसकेको छ ।

प्रकाशित : २०७८ पुष २८, बुधबार १४:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ