यादव माध्यमिक विद्यालयको स्थापना दिवस मनाइयो


महोत्तरी । यादव माध्यमिक विद्यालय बेल्हीको स्थापना दिवस मनाइएको छ । २००८ सालमा स्थापना भएको सो विद्यालयको २०७८ सालमा पहिलो पटक ७० औं बार्षिकोत्सव मनाइएको हो ।

यादव मावि बेल्हीको प्राङ्गणमा बुधवार साइट नेपालको आयोजनामा बार्षिकोत्सव मनाइएको छ । पूर्व राजदूत डा. प्र. महेन्द्र सिंहको प्रमुख आतिथ्य तथा साइट नेपालको अध्यक्ष अमितकुमार साहको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा वक्ताहरुले २००७ सालको परिवर्तनपछि बेल्ही गाउँका अग्रजहरु वैजन यादव, शुभ नारायण यादव, हितो महतो, महावीर यादव र रामेश्वर यादव पाँचै जनाको विचार र व्यीक्तत्वको अग्रसरताले तत्कालिन यादव समाज सुधार समिति महोत्तरी जिल्लाका सभा अध्यक्ष रामशरण यादवको अध्यक्षतामा वृहत समाजिक भेलाका निर्णय अनुसार विद्यालय स्थापना गर्ने निर्णय भएको चर्चा गरिएको थियो ।

उनीहरुको सो वैठकवाटै विद्यालयको नामाकरण यादव मिडल ई. स्कूल बेल्ही राख्ने तय भएको र उनीहरुकौ सहयोगवाट २००८ साल पुस २८ गते विद्यालयको स्थापना भएको जानकारी दिएका थिए । सो अवसरमा विद्यालयकोलागि बैजन यादव, शुभनारायण यादव, हितो यादव, महावीर यादव र रामेश्वर यादव समेतले आफ्नो २५ विघा जग्गा र सो समयमा भारतीय ५ हजार रुपैयाँ दान गरेका थिए ।

सो अवसरमा राष्ट्रिय भलिवल प्रशिक्षक भरत यादव, दाता परिवारका प्रदिप यादव, तेजनारायण यादव र वीरेन्द्र यादव, दिनेश यादव, श्रीप्रसाद यादव, अजयकुमार साह, सुरेन्द्र साह, सूर्यदेव दास र सुशिल मण्डल लगायतका वक्ताहरुले शिक्षा प्रति आ-आफ्नो विचार व्यक्त गरेका थिए ।

प्रकाशित : २०७८ पुष २९, बिहीबार ०६:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ