विजुलीको पोल सार्न १ लाख ४० हजार घुस लिने सुपरभाइजर पक्राउ


काठमाडौं । विजुलीको पोल सार्न सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएलगत्तै नेपाल विद्युत प्राधिकरणका एक कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणको ललितपुरको पाटनस्थित सव(स्टेसनका प्रमुख सुपरभाइजर सोमप्रसाद पहाडीलाई पक्राउ गरेको हो । घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको सूचना पाएपछि पुगेको अख्तियारको टोलीले उनलाई पक्राउ गरी कारबाही अगाडी बढाएको छ ।

प्रकाशित : २०७८ पुष २९, बिहीबार १८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ