सहकारी संघ धनुषाको ५२ औं वार्षिक साधारण सभा सम्पन्न


टुडेखोज, जनकपुरधाम । जिल्ला सहकारी संघ लि. धनुषाको ५२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघको अध्यक्ष हरिश्चन्द्र प्रसाद हरिऔधको अध्यक्षता र जिल्ला समन्वय समिति धनुषाको प्रमुख रामदेव बनरैत यादवको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ का सहकारी महाशाखा प्रमुख ओम नारायण झा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ का सल्लाहकार ध्रुव नारायण यादव विशिष्ट अतिथिको रुपमा उपस्थित थिए ।

साधारण सभामा संघका उपाध्यक्ष बिनोद रोहिता, राजेन्द्र महतो र प्रमोद छिट्टानले शुभकामना मन्तव्य राखेका थिए । यस्तै रामहृदय यादवले आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गरे । संघका शेयर सदस्यहरुको पनि साधारण सभामा उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ पुष २९, बिहीबार १८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ