माघ १० गतेसम्म बिदा दिने त्रिविको निर्णय, परीक्षा भने नरोकिने


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोनाको कारण मातहतका सम्पूर्ण विभाग र आंगिक क्याम्पसहरुमा माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ ।

यसवर्षको हिउँदे वर्षे बिदा पाउने शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई पछि मिलान गर्ने गरी बिदा दिइएको हो ।विश्वविद्यालय रजिष्टार कार्यालयद्धारा जार विज्ञप्तिअनुसार हाल संचालनमा रहेका परीक्षाहरु भने यथावत संचालन हुनेछन् ।

यस्तै निकटमै परीक्षा हुने भै पठनपाठन अनिवार्य देखिएका कार्यक्रमहरुको कक्षा विद्युतीय माध्यमबाट यथावत राख्ने निर्णय भएको छ ।

प्रकाशित : २०७८ माघ १, शनिबार ११:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ