१३ करोड रोयल्टी नतिरी अमेरिका भाग्न लागेका क्यासिनो संचालक यसरी रोकिए


काठमाडौं । नेपाल सरकारलाई १२ करोडभन्दा बढी रोयल्टी नतिरी भाग्न लागेका क्यासिनो संचालक अमेरिकी नागरिक माइक बोलसोवरलाई त्रिभुवन विमानस्थलस्थित अध्यागमनमा रोकिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा रोयल्टी नतिरी भाग्न लागेका उनलाई अध्यागमनले रोकेको हो । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले मन्त्रीको निर्देशनपछि आफूले अध्यागमन कार्यालयलाई सूचित गरेर नेपाल छाड्नबाट रोकेको बताए ।

पर्यटन विभागले क्यासिनो संचालन गरेबापत बुझाउनुपर्ने रोयल्टी र नवीकरण शुल्क नबुझाएसम उनलाई नेपाल छाड्न नदिने निर्णय समेत गरिसकेको जानकारी दिए ।माइकले काठमाडौंको सांग्रिला होटल र बुटवलको टाइगर टप्समा संचालित क्यासिनो संचालकको प्रतिनिधित्व गर्छन् ।

पछिल्लो समय पर्यटनमन्त्री आले र सचिव न्यौपानेले रोयल्टी नबुझाउने क्यासिनो संचालकको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्वाही अघि बढाएका छन् ।

प्रकाशित : २०७८ माघ १, शनिबार २२:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ