कमाल गरे यी बालक, जिते ‘द भ्वाइस किड्स’को उपाधि


काठमाडौं । बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको पहिलो सिजनको उपाधि जेनिश उप्रेतीले जित्न सफल भएका छन् ।

आज भएको ग्रान्ड फिनालीमा विजयी भएसँगै झापाका उप्रेतीले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका हुन् । आठजना प्रतिस्पर्धीले फिनालीमा प्रतिस्पर्धा गरेका थिए ।

दर्शकको प्राप्तको मतको आधारमा विजेता घोषणा गरिएको द भ्वाइस किड्सका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । उपाधी जितेपछि उनको चर्चा देशभर चलिरहेको छ ।

टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए ।

डिजिटल अडिशनमा सहभागी २० हजारमध्ये एक सय जना ब्लाइन्ड अडिसनमा सहभागी थिए । ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका थिए ।

चुनिएका ४८ जनाबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका हुन् । द भ्वाईस किड्सको निर्णायकमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी थिए ।

प्रकाशित : २०७८ माघ २, आईतवार ०७:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ