Janakpur- रेल्वेमा भित्रभित्रै कर्मचारी नियुक्त गर्नु गैरउचित, सबैलाई हटाउनुपर्छ : मन्त्री यादव


Janakpur: nepal railway company

सिबेन्द्र रोहिता, जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले रेल्वे कम्पनीमा ६० कर्मचारीलाई भित्रभित्रै गरिएको नियुक्तलाई गैरउचित भनेका छन् ।

नेपाली काँग्रेस संसदीय दलका नेता समेत रहेका उनले सरकार जुनसुकै दलको भएपनि भित्रभित्रै नियुक्त गर्नु गैरउचित रहेको भन्दै आन्दोलन गर्नुपर्ने बताए । उनले भने- प्रक्रिया पुरा गरी कर्मचारी नियुक्ति गर्नुपर्थ्यो ।

उनले कर्मचारी भर्ना लोकसेवा आयोगले गर्नुपर्ने पनि बताएका छन् । रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले आर्थिक प्रलोभनमा परेर गुपचुप कर्मचारी नियुक्त गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

महाप्रबन्धक निरञ्जन झाले कर्मचारी गुपचुप भर्ना गरी तालिम सुरु गरेपछि विगतमा हटाइएका कर्मचारीहरु आन्दोलित छन् । उनीहरुले प्रक्रिया पुरा नगरी नियुक्त गरिएका कर्मचारी हटाउन माग गरेका हुन् ।

प्रकाशित : २०७८ माघ २, आईतवार ११:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ