Breaking- जनकपुरधामलाई प्रदेशको राजधानी तोक्न व्यापारीको दबाब


Sibendra Rohita, Janakpurdham : प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई तोक्न सबै दलका संसदीय दलका नेतालाई व्यापारीहरुले दबाब दिएका छन् ।

प्रदेशको नाममा सहमती नजुट्दा राजधानी समेत नतोक्ने षड्यन्त्र भइरहेकाले व्यापारीहरु आक्रोशित बनेका हुन् । उद्योग बाणिज्य संघ जनकपुरका अध्यक्ष जीतेन्द्र महासेठले जनकपुरधामलाई राजधानी तोक्न मुख्यमन्त्री लालबाबु राउत र प्रदेशसभामा रहेका सबै पार्टीका संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएको बताए ।

उनले कुनै पनि बहानामा जनकपुरधामलाई स्थानीय राजधानी तोक्न ढिलाई गर्नुहुँदैन भनेर मुख्यमन्त्री र पार्टीका संसदीय दलका नेताहरुको ध्यानाकर्षण गराएको बताए । राजधानी नतोक्दा लगानीकर्ताहरु जनकपुरधाममा निरास भएको र लगानी भित्रिन नसकेको उनको गुनासो छ ।

प्रदेशको राजधानी र नामको टुंगो मतदान प्रक्रियाबाट गर्ने तयारी आजैबाट सुरु हुने बुझिएको छ । त्यसकै लागि आज प्रदेशसभा बैठक बस्दैछ । सहमती जुट्न नसक्दा र दुई तिहाई बहुमत समेत नपुग्ने अवस्था रहेकाले नाम र राजधानीको टुंगो लगाउन सकस देखिएको छ ।

प्रकाशित : २०७८ माघ २, आईतवार १२:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ