Big News- आज ४ हजार ९६१ जनामा संक्रमण, सक्रिय संक्रमित २५ हजार पुग्यो


Todaykhoj, Kathmandu : नेपालमा आज ४९६१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार १५ हजार १३१ परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

१२ हजार ५६२ पीसीआर परीक्षणमा ४ हजार ५३४ र २ हजार ५६९ परीक्षणमा ४२७ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार आज कुल परीक्षणको ३६ दशमलव १ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज थप तीन जनाको मृत्यु भएको छ । ४३५ जना डिस्चार्ज भएका छन् । आज देशभरी २५ हजार ६८० सक्रिय संक्रमित रहेका छन् ।

जसमा होम आइसोलेनमा २४ हजवार ५ सय ८४ र संस्थागत आइसोलेसनमा १ हजार ९६जना रहेका छन् । १२२ जना आइसियु, भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै ३ हजार ३४७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : २०७८ माघ २, आईतवार १६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ