वीरगञ्जलाई राजधानी नबनाए प्रदेशबाटै अलग हुने जसपाकै साँसद बेगमको धम्की


टुडेखोज, जनकपुरधाम । जनकपुरधामलाई प्रदेश २ को राजधानी तोक्न प्रमुख सत्तारुढ दल जसपा तयार छ । तर जसपाकै पर्साकी साँसद करिमा बेगम पार्टीको निर्णय मान्न तयार देखिएकी छैन ।

साँसद बेगमले आईतवार प्रदेशसभा बैठकमा वीरगञ्जलाई राजधानी नबनाए प्रदेशबाटै अलग हुने धम्की दिएकी छन् । उनले भनिन्- प्रदेश २ को राजधानी वीरगञ्जलाई नबनाए परिणाम के हुन्छ मलाई पनि थाहा छैन ।

वीरगन्जलाई राजधानी नबनाए त्यहाँका बासिन्दा प्रदेश ३ मा जाने भनिरहको पनि बताइन् । उनी वीरगञ्जलाई राजधानी नतोक्ने षड्यन्त्र पनि भइरहेको र सोही कारण आफूलाई विशेष समितिमा नराखेको भन्दै पार्टीविरुद्ध आक्रोस पोखिन् ।

उनले प्रदेशको नाम भने मधेस हुनुपर्ने तर्क गरिन् । पर्सा र आसपास जिल्लाका केहि साँसदले वीरगञ्जलाई प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने अडान लिएका छन् । आज मात्रै वीरगञ्जस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडी स्थानीय यूवाहरु प्रदर्शन समेत गरेका थिए ।

प्रकाशित : २०७८ माघ २, आईतवार २०:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ