प्रदेश सरकार अहिलेसम्म लुट खसौट नै गर्यौं, नाम र राजधानीमा सहमती गरौं : साँसद कुशवाहा


जनकपुरधाम । नेपाली काँग्रेस प्रदेश २ का सचेतक उपेन्द्र प्रसाद कुशवाहाले प्रदेश सरकार अहिलेसम्म लुट खसौट मात्र गरेको भन्दै कम्तिमा प्रदेशको नाम र राजधानी सहमतीमा टुंग्याउनुपर्नेमा जोड दिएका छन् ।

विशेष अध्ययन समितिको प्रयास समेत असफल भएपछि प्रदेश र नाम टुंगो लगाउन आज बसेको प्रदेशसभा बैठकमा अन्तिम छलफलमा उनले यस्तो धारणा राखेका हुन् । उनले भने( म अपशब्द उच्चरण गर्न चाहदिनँ । तर प्रदेश सरकार अहिलेसम्म लुट खसौट बाहेक केहि गर्न सकेका छैन । कम्तिमा प्रदेशको नाम र राजधानी सहमतीमा टुंगो लागोस् ।

सरकारमा काँग्रेस सहभागी रहेपनि कामप्रति आफ्नो असन्तुष्टि रहेको बताए । उनले चार वर्षमा सरकार केहि गर्न नसकेको र यो कुरा जनताले गम्भीर ढंगले नियाली रहेको उल्लेख गरे । उनले भने- प्रदेशको नाम मधेस राख्दा पनि विकास र समृद्धि भइहाल्ने होइन् । त्यसैले नाम र राजधानीमा आज हुन्छ कि भोलीसम्म हुन्छ सहमती गरौं ।

नेपाली काँग्रेसले प्रदेशको नाम मिथिला- भोजपुरा प्रस्ताव गरेको छ । तर मधेसको अगाडी वा पछाडी मिथिला कम्तिमा थपेर सहमती गर्न सकिने उनको भनाई छ । तर मधेस नाम प्रस्ताव गरेको जसपा, माओवादी र लोसपा मिथिला थप्ने पक्षमा छैन ।

साँसद कुशवाहाले प्रदेशको राजधानी भने जनकपुरधामलाई नै बनाउनुपर्ने बताए । तर उनले जनकपुरधाममा महँगी नियन्त्रण नगरिए अर्को विद्रोह हुने चेतावनी दिए । उनले जनकपुरधामको महँगी नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : २०७८ माघ २, आईतवार २१:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ