जनकपुरका धर्मेन्द्र साह राजेन्द्रलाई त्यागे, उपेन्द्रलाई रोजे !


जनकपुरधाम । मधेश आन्दोलनको क्रममा अग्रणी भूमिकामा रहेका जनकपुरधामका युवा धर्मेन्द्र साह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गर्ने भएका छन् ।

सोमबार जनकपुरधाम उद्योग बाणिज्य संघमा आज दिउसो हुन लागेको पार्टी प्रवेश कार्यक्रममा उनी प्रवेश गर्ने बुझिएको छ । साह जनकपुरधामका महाबीर युवा कमिटीका पूर्व अध्यक्ष तथा मधेश आन्दोलनको क्रममा युवालाई परिचालन गर्नका लागि बनेको संघर्ष समितिको संयोजक थिए ।

साह लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोका समर्थक थिए । तर अब महतोको साथ उनले छाडिसकेका छन् । लोसपा दिगभ्रमित भएको भन्दै जसपाले नै मधेशका जनताहरुको मनोभाव अनुसार चल्ने पार्टी भएकाले पार्टीमा जान लागेको बताए ।

धनुषा निर्वाचन क्षेत्र ३ वाट निर्वाचित राजेन्द्र महतोको जनकपुरधाम उप-महानगरपालिकाका मेयर लाल किशोर साह पहिला नै उनको साथ छाडि सकेका छन् भने युवाहरुमाझ दखल राखेका धर्मेन्द्रले समेत उनको साथ छाडेपछि महतो कमजोर अवस्थामा पुगेका छन् ।

आज उद्योग बाणिज्य संघमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले साहसहित सयौं युवाहरुलाई प्रवेश गराउने जनाइएको छ ।

प्रकाशित : २०७८ माघ ३, सोमबार ०८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ