जनकपुरको प्रादेशिक अस्पतालमा क्यान्सरको पहिलो शल्यक्रिया सफल


टुडेखोज, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा दुरबिन प्रविधिबाट क्यान्सरको पहिलो शल्यक्रिया सफल भएको छ ।

प्रादेशिक अस्पतालका युरोलोजिष्ट डा. सुधिरकुमार सिंह, सर्जन डा. राजेश साह र एनेस्थेसिओलोजिष्ट डा. नविन साह र ओटी कर्मचारीहरुको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालका मेसु प्रमोदकुमार यादवले जानकारी दिएका छन् ।

धरान ११ बस्ने ८० बर्षीय विरामीलाई विगत ८ महिनादेखि पिसाबमा रगत गई रहेको र अल्ट्रासाउण्डमा पिसाबको थैलीमा मासु पलाएको देखिएको थियो ।शल्यक्रियाका प्रमुख डा. सिंहले भने, ‘त्यो बिमारी मसंग शल्यक्रिया गराउनका लागि धरानबाट आए । र दुरबीनवाट उनको शल्यक्रिया सफलता पुर्वक भयो ।’

प्रादेशिक अस्पतालमा दुरबीन प्रविधिबाट यो पहिलो र सफल शल्यक्रिया भएको जनाइएको छ । क्यानसर जस्तो रोगको सफल शल्यक्रिया प्रादेशिक अस्पतालमै भएपछि डाक्टरहरु उत्साहित बनेका छन् ।

प्रकाशित : २०७८ माघ ३, सोमबार ०८:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ