जनकपुरको सडक डिभिजन कार्यालयमा तालाबन्दी गर्ने चेतावनी, यस्तो छ कारण


टुडेखोज, जनकपुरधाम । प्रदेश नं. २ निर्माण व्यवसायी महासंघले जनकपुरस्थित सडक डिभिजन कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको छ ।

महासंघका अध्यक्ष सुरेन्द्रप्रसाद चौधरीले विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएका हुन् । उनले निर्माण व्यवसायीहरुले काम गरी बिल बनाई सक्दा पनि बिल बमोजिमको भुक्तानी दिन कार्यालयले आलटाल गरेकाले तालाबन्दी गर्ने चेतावनी दिएको बताए ।

कार्यालयले बिल वमोजिमको रकम अविलम्ब भुक्तानी सात दिनभित्र नदिए तालाबन्दी गर्ने र सोबाट हुने नोक्सानीको सम्बन्धित कार्यालय स्वयं जिम्मेवार हुने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

प्रकाशित : २०७८ माघ ३, सोमबार ०९:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ