नेता चौधरी निरन्तर न्यानो बाँड्ने अभियानमा


धर्मेन्द्र पासवान, लहान । समस्त प्राणीमा मनुष्य नै सर्वश्रेष्ठ प्राणी भएकाले आफ्नो मात्र हित नहेरेर ऊ समस्त समाजको सहयोगका लागि अभिप्रेरित हुन्छ । यसको ज्वलन्त उदाहरण हो- सिरहाको लहान निवासी महेश चौधरी ।

चौधरीको मन मस्तिष्कभित्र परोपकारी भावना छ । जसले सधैं अरुको बारेमा सके जति केही न केही गरिरहन्छ्न । कोरोना कालमा लकडाउन भएदेखि राहत बाँड्ने अभियान सुरु गरेका उनले मधेसमा शितलहर बढेको बेला भने कम्मल बाँड्ने कार्यलाई तीव्रता दिएको छ ।

सोही क्रममा सिरहाको लहान नगरपालिका ११ पिडरबोनीमा ४० विपन्न परिवारलाई कम्मल वितरण गरेका छन् । जाडो छ्ल्न थोरै भएपनि न्यानो बाँडेर राहत मिलोस भन्ने नेता चौधरीको धारणा रहेको छ । नेपालीमा एउटा उखान छ- मन हुनेको धन हुँदैन, धन हुनेको मन हुँदैन । तर यो लोकोक्तिलाई महेशले अपवाद बनाएका छन् ।

साँचो समाजसेवा सदैव स्तुत्य हुन्छ र समाजसेवीहरु सँधै वन्दनीय हुन्छन् । समाजमा धनसम्पत्ति भएका दर्जनौं मानिसहरु पाइन्छन्, तर समाजका लागि उनीहरु एक रुपैयाँ मात्रै पनि खर्च गर्न दाँतबाट पसिना चुहाउँछन् । तर ती कुराहरू बाट टाढा देखिन्छन् नेता चौधरी ।

सधैं अरुको भलो चिताउने उनले नै समाजसेवा गर्नका लागि कम्मर कसेको देखिन्छन् । नेता चौधरीका अनुसार संसारका सबै धर्मशास्त्रको सार खिच्दै भागवतगीतामा श्रीकृष्णको भनाइ छ-पुण्य कमाउन चाहन्छौ भने परोपकार गर, पाप कमाउन चाहन्छौ भने अरुलाई पीडा देऊ । बाइबल भन्छ– अरुप्रति तिमी त्यो काम नगर, जुन काम आफूप्रति अरुले नगरून् भन्ने चाहन्छौ ।

नेता चौधरी अगाडि थप्छन् प्राकृतिक प्रकोपको शोक र विपत्तिको घडीमा पीडितको सहयोग गर्न सामाजिक भावनाका मानिस मैदानमा कुनैपनि विपन्न पीडा भोग्न बाध्य हुन सक्दैनन् । समाजमा करोडौं रुपियाँ निजी सम्पत्ति भएका धेरै छन् तर निःस्वार्थ परोपकारमा लगाउने व्यक्ति कमै छन् तिनै कमको गन्तीमा पर्छन् नेता चौधरी ।

प्रकाशित : २०७८ माघ ३, सोमबार १०:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ