शानको ‘नशा’, हेर्नुस् भिडिओ


अमेरिकाको डलासमा छायांकन गरिएको ‘नशा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । शान भुसालको शब्द तथा संगीतमा तयार भएको गीतमा भारतका गायक अनुग्रह बिष्टको स्वर छ ।

लुसेन्ट फिल्मको ब्यानरमा निर्माण भएको यो गीतको भिडियोलाई विकास बराइलीले निर्देशन गरेका हुन् । भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रिया पास्कुसी, अंकित शर्मा, दीपेश आचार्य लगायतका कलाकारको अभिनय छ ।

भिडियोको छायांकन तथा सम्पादन पनि निर्देशक बराइलीको नै छ । भिडियोमा एक यूवकको कारण श्रीमान् श्रीमतिमा आएको सम्बन्धलाई देखाउन खोजिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित : २०७८ माघ ३, सोमबार १२:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ