नेपालमा कोरोना बढ्दै, एकैदिन भेटिए ६ हजार ७३४ संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ६७३४ जना कोरोनाभाइरस संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ नमुना ९१४ हजार १४ पीसीआर र ३४५१ एन्टिजेन० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । आजको संक्रमणदर ४१ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५४७ जना निको भएका छन् । आज कोभिड संक्रमणले थप ३ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ३० हजार ८७७ पुगेको छ । १ लाख ४३ हजारले पछिल्लो अवधीमा खोप लगाएका छन् ।

आज काठमाडौं उपत्यका मात्र ३९३९ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा मात्र २९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जना संक्रमित थपिएका छन् ।

९ जिल्लामा मात्र सक्रिय संक्रमित ५०० भन्दा माथि छन् । आठ जिल्लामा सक्रिय संक्रमित २०० भन्दा माथि छन् ।

प्रकाशित : २०७८ माघ ३, सोमबार १६:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ