खुशीयाली मनाउन मधेस सरकारले दियो सार्वजनिक विदा


टुडेखोज, जनकपुरधाम । प्रदेशले आज स्थायी राजधानी र नाम पाएको खुशियालीमा सरकारले भोली सार्वजनिक विदा दिएको छ ।

मधेस सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए । उनले प्रदेशले नाम र राजधानी पाएपछि सबै प्रदेशबासी खुशी भएकाले सार्वजनिक विदा दिएको बताए ।

प्रदेश सरकार गठन भएको चार वर्षपछि आज नाम मधेस र राजधानी जनकपुरधाम प्रदेशसभाबाट पारित भएको छ । सत्तारुढ जसपा, माओवादी र प्रतिपक्षी लोसपाले प्रस्ताव गरेको मधेस पारित गर्न अन्य दलका १७ साँसदले फ्लोरक्रस गरे ।

प्रकाशित : २०७८ माघ ३, सोमबार १८:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ