प्रदेशको नाम मधेस पारित भएपछि मधेस आन्दोलनले सम्मान पायो : उपेन्द्र यादव


काठमाडौं । जनता समाजवादी पार्टी नेपाल ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको एउटा सपना पूरा भएको भएको बताएका छन् ।

सोमबार प्रदेशसभा बैठकबाट मधेस प्रदेश नाम राख्ने प्रस्ताव दुईतिहाइ भन्दा बढी बहुमतले पारित भएपछि अध्यक्ष यादवले यस्तो बताएका हुन् । मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको उनको भनाइ छ ।

‘पहिचान र सामथ्र्यको आधारमा मधेस प्रदेश बन्यो । मधेसी जनताले जुन बलिदान दिए । ति शहिदहरुको एउटा सपना मधेस प्रदेशको स्थापना पनि थियो । त्यो सफल भएको छ । मधेस आन्दोलनले एउटा सम्मान पाएको छ’ अध्यक्ष यादवले भने ।

मधेस प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउँदै उनले अब देशैभरीको असम्मान र असमनता, विभेद र शोषण, जातिय, सांस्कृति विभेदको अन्त्यका लागि अगाडी बढने बताए ।

मधेसवादी राजनीतिक दल सानो सानो स्वार्थका लागि विभाजित भएको बताउँदै अध्यक्ष यादवले थप उपलब्धि प्राप्त गर्नका लागि एकीकृत हुन आह्वान समेत गरेका छन् ।

प्रकाशित : २०७८ माघ ३, सोमबार १९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ