मधेस प्रदेश र जनकपुरधाम राजधानी भएपछि दिपावली गरियो


टुडेखोज, जनकपुरधाम । प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम प्रदेशसभाबाट पारित भएपछि जनकपुरधाममा यूवाहरुले खुशीयाली मनाएका छन् ।

जनकपुरधामका यूवाहरुले चोक चोकमा दिपावली गरेका हुन् । उनीहरु पटाका समेत पड्काउँदै खुशी साटासाट गरेका छन् । नाम र राजधानी पारित गरेको भन्दै जनकपुरधामका जनप्रतिनिध र अगुवाहरुले प्रदेशसभामै पुगेर प्रदेश साँसदहरुलाई सम्मान गर्नुका साथै बधाई दिएका छन् ।

जनकपुरधामलाई राजधानी तोकिएको अवसरमा दिपावली गर्न जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले आह्वान गरेका थिए । यहाँका व्यावासायीहरु पनि उत्साहित बनेका छन् । अब जनकपुरधाममा लगानी भित्रिने व्यावसायीहरुको विश्वास छ ।

यस्तै जनकपुरधामलाई राजधानी र मधेस प्रदेश नाम तोकिएपछि पूर्वमन्त्री एवं लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियाले खुशी व्यक्त गरेका छन् । उनले जनकपुरधामलाई राजधानी र नाम मधेस राख्ने निर्णय ऐतिहासिक भएको भन्दै प्रदेशसभा सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

प्रकाशित : २०७८ माघ ३, सोमबार २१:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ