मधेशी शहिदको सपना मधेश प्रदेशको पहिचान स्थापित भयो : राजेन्द्र महतो


सिबेन्द्र रोहिता, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का बरिष्ट नेता एवं धनुषा क्षेत्र ३ बाट निर्वाचित सासँद राजेन्द्र महतोले प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तय भएपछि खुशी व्यक्त गरेका छन् ।

उनले विज्ञप्ती जारी गरेर जनकपुरधाम राजधानी र मधेस प्रदेश नाम तय भएकोमा सम्पूर्ण प्रदेशबासी र देशबासीमा बधाई तथा शुभकामना दिएका हुन् । उनले भनेका छन्- मधेश आन्दोलनको उद्गम स्थल, मेरो निर्वाचन क्षेत्र समेत रहेको जगत जननी माता जानकीको जन्मभुमि जनकपुरधाम प्रदेशको स्थाई राजधानी र प्रदेशको नाम मधेश प्रदेश प्राप्तीको यस सुखद अवसरमा सम्पुर्ण क्षेत्रवासी, प्रदेशवासी तथा देशवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

दशकौको मधेश आन्दोलन र संर्घष, मधेशी शहिदको सपना मधेश प्रदेशको पहिचान आज स्थापित भएको नेता महतोले औल्याएका छन् । सम्पुर्ण आन्दोलन तथा संर्घषमा अहम भुमिका निर्वाह गरेको पावन भुमि जनकपुरधामको पनि सम्मान भएको उनको भनाई छ ।

उनले अब मधेश प्रदेशको मुख्य आर्थिक केन्द्र बिरगंज सहित सवै जिल्लाको केन्द्र, शहर, पालिका तथा वडाहरुको सुमचित विकासका लागि सबै दल र नेताहरु सकारात्मक रुपमा काम गर्दै समाजिक रुपान्तरणका लागि एकजुट हुनुपर्ने बताएका छन् ।

प्रकाशित : २०७८ माघ ४, मंगलवार ०९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ