लोसपा नेतृ दासलाई पूर्वमन्त्री महतोले एमालेमा भित्र्याइन्, १०५ साधुलाई सम्मान


टुडेखोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ सुनिता दास नेकपा एमालेमा प्रवेश गरेकी छन् । उनी तत्कालिन जसपाको केन्द्रीय सदस्य थिइन् ।

धनुषाको लक्ष्मीनियाँमा आयोजित एक कार्यक्रममा नेतृ दासलाई नेकपा एमालेकी पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री जुली महतोले पार्टीमा प्रवेश गराइन् । नवप्रवेशी नेतृ दासलाई एमाले नेतृ महतोले अविर र माला लगाएर एमालेमा भित्र्याएकी छन् ।

लक्षमिनिया गाउँपालिकास्थित राधाकृष्ण मन्दिरमा युवा नेता अजय यादवको अगुवाइमा १०५ साधुसन्तलाई भोजन गराई सम्मान समेत गरिएको छ ।

प्रकाशित : २०७८ माघ ४, मंगलवार १०:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ