पर्सा सिडिओ कार्यालय र वीरगञ्ज महानगरका कर्मचारीमा कोरोना पुष्टि


टुडेखोज, पर्सा । जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगन्जस्थित सीमामा रहेको हेल्थ डेस्क प्रमुख डा. अनिशा महतोका अनुसार जिल्ला प्रशासन कार्यालयका ३० जना कर्मचारीको एन्टिजेन परीक्षण गर्दा चार जनामा संक्रमण देखिएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको अत्यधिक भीडभाड रहने गरेका कारण कर्मचारीहरु संक्रमित भएको अनुमान छ । यसअघि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अंगरक्षक प्रहरी जवानमा पनि कोरोना पुष्टि भएको थियो  ।

वीरगन्ज महानगरपालिकाको कार्यालयका २ अधिकृतमा पनि कोरोना संक्रमण पुष्टि भएको बुझिएको छ । नारायणी अस्पतालमा पुस २९ गते ४७ जनाको पीसीआर परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये २६ पर्साकै हुन् ।

प्रकाशित : २०७८ माघ ४, मंगलवार १२:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ