Breaking- मधेसका मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार


टुडेखोज, जनकपुरधाम । मधेसका मुख्यमन्त्री लालबाबु राउतको वीरगञ्ज महिनगरपालिका २३ स्थित घरमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुङ्गामुढा गरेका छन् ।

प्रदेशको राजधानी जनकपुरधाम तोकिएको विरोधमा कांग्रेस महानगर कमिटीले मोटरसाइकल जुलुस निकालेको थियो । जुलुसमा सहभागी काँग्रेस कार्यकर्ताले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेका हुन् ।

पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी ओमप्रकाश खनालका अनुसार मोटरसाइकल जुलुसमा सहभागी कांग्रेस कार्यकर्ताले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेपछि सिसा फुटेको छ । ढुङ्गा प्रहार गर्नेको मोटरसाइकलको पहिचान भएको र खोजी गरिरहेको उनले बताए ।

मोटरसाइल जुलुस निकालेका कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा बोकेका थिए । उनीहरुले मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, वीरगञ्ज राजधानी कायम गर जस्ता नारा लगाएका छन् ।

प्रकाशित : २०७८ माघ ४, मंगलवार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ