केन्द्रीय परिषद् सदस्य सरोज यादवले छाडे नेकपा एस, एमालेमै फर्किने !


जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य सरोज यादवले पार्टी छाडेको घोषणा गरेका छन् ।

महोत्तरीको औरही नगरपालिका घर भएका यादवले फेसबुकमार्फत नेकपा एस परित्यागको घोषणा गरेका हुन् । पार्टी नयाँ बन्यो तर नयाँपन केही नदेखिएपछि छाडेको उनले बताए ।

यादवले भने, ‘पार्टी ज्वाइन गर्दा बखान गर्ने र छाड्दा गाली गर्ने प्रवृत्ति ठीक होइन् । पुरानै एजेण्डा र शैलीमा पार्टी चलेपछि त्यागेको मात्र भन्छु ।’ नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकीकरणपछि बनेको नेकपाकालमा उनी महोत्तरी सचिव थिए ।

यादव नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रीय सचिवसमेत रहिसकेका छन् । उनले पुनस् एमालेमै फर्किन सकिने बताए । – नेपाल प्रेस

प्रकाशित : २०७८ माघ ४, मंगलवार १७:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ