सर्लाहीमा बस दुर्घटनाः १७ जना घाईते, एक जनाको अवस्था गम्भीर


सर्लाही । मंगलबार सर्लाहीको हरिवनमा मंगलबार दिउँसो यात्रुवाहक बस दुर्घटना भएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा बस पल्टिँदा १७ जना यात्रु घाईते भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पुर्वतर्फ आईरहेको ना. ५ ख. ५०५५ नम्बरको अग्नी यातायातको बस हरिवन नगरपालिका–९, नोचामा पल्टिदा बस तल खसेको छ । बसमा सवार १७ जना यात्रुहरु घाईते भएका छन् भने घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको छ ।

घाईतेहरुको हरिवन स्थित नमूना अस्पताललगायत विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ माघ ४, मंगलवार १७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ