निवेश यादव बने एमालेको देशकै ‘कान्छा’ जिल्ला सदस्य


रौतहट । निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । रौतहटको ९औँ एकता जिल्ला अधिवेशनबाट यादव सर्वसम्मत जिल्ला सदस्य भएका हुन् ।

एमाले जिल्ला सदस्यमा सर्वसम्मत भएका यादव मात्र २२ वर्षका छन् । राजदेवी नगरपालिका ७ घर भएका यादवको जन्म ०५५ फाल्गुनमा भएको हो । उनी एमालेको राष्ट्रिय युवा संघमा सक्रिय थिए ।

यसअघि बाजुराकी समीक्षा विष्ट सबैभन्दा कम उमेरको जिल्ला सदस्य बनेकी थिइन् । यादव उनीभन्दा झन्डै एक वर्ष कान्छा रहेको बुझिएको छ ।

प्रकाशित : २०७८ माघ ४, मंगलवार १७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ