धनुषामा लुटेरा समूहले प्रहरीमाथि नै आक्रमण गरे, ५ जना पक्राउ


जनकपुरधाम । धनुषाको बटेश्वरमा गाउँपालिका ४ मा मंगलवार राति लुटेरा समूहले प्रहरीमाथि नै आक्रमण गरेको छ । प्रहरी चौकीका असई मनोज पोखरेलमाथि लुटेरा समूहले आक्रमण गरेका हुन् ।

धनुषाका एसपी बसन्त रजौरेका अनुसार आक्रमणबाट असई पोखरेल घाइते छन् । प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराएका उनको टाउकामा १२ वटा टाँका लागेको छ ।

भारतबाट फर्केर ससुराली बटेश्वर जाने क्रममा लुटेरा समूहले महोत्तरीको भंगहा नगरपालिका ७ का अमित पासमानलाई लुटपाट गरेका थिए । जानकारी पाएलगत्तै घटनास्थल पुगेर लुटेराहरुलाई पक्राउ गर्न खोज्दा असई पोखरेलमाथि आक्रमण भएको बताइएको छ ।

लुटपाट गर्ने व्यक्तिलाई पक्रेर ल्याउने क्रममा घेरेर केही व्यक्तिले असई पोखरेलमाथि आक्रमण गरेको एसपी रजौरले बताए । उनले घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : २०७८ माघ ५, बुधबार ११:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ