नेपालमा कोरोना: एकैदिन ११ हजार ३५२ संक्रमित थपिए, ४ जनाको मृत्यु


काठमाडौ‌ं । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ८८ जनाको पीसीआर परीक्षणमा ९५०२ र ५ हजार ३३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८५० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ६१३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित : २०७८ माघ ५, बुधबार १६:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ