मधेस प्रदेश र मधेस सरकारको चाहना पुरा भयो : मुख्यमन्त्री राउत


सप्तरी । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस सरकार बनाउने चाहना पूरा भएको बताएका छन् ।

मधेश बलिदानी दिवसको अवसरमा राजविराजमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मधेस आन्दोलनको समयमा नेपाल सरकार लेखेको मेटाएर मधेश लेखिएको स्मरण गरे । ‘त्यस बेलादेखि नै मधेश प्रदेश होस् र मधेस सरकार बनोस् भन्ने चाहना थियो’ उनले भने, ‘अहिले त्यो चाहना पूरा भएको छ ।’

उनले प्रदेशको नाम मधेस राख्न सहयोग गर्ने सबै सांसदलाई धन्यवाद दिएका छन् । आफ्नो दल जनता समाजवादी पार्टीका साथै लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्र र नेपाल संघीय समाजवादी पार्टी मिल्दा पनि दुई तिहाई नपुगेको उनले बताए ।

उनले भने, ‘नेपाली कांग्रेस, एकीकृत समाजवादी र एमालेका सांसदले पनि यसमा सहयोग गरेका छन् । मधेस नामाकरण भएपछि उहाँहरुले जय मधेश भन्नुभयो । उहाँहरुप्रति आभार र उच्च सम्मान प्रकट गर्दछु ।’

प्रकाशित : २०७८ माघ ५, बुधबार १८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ