आगो तापिरहेको बेला ढिस्को खस्यो : २ जनाको मृत्यु, ३ घाइते


रुपन्देही । बुटवल उपमहानगरपालिका ११ प्रगतिनगरमा तिनाउको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुनेमा गणेश थापा ३२, शिव थापा ३५ रहेका छन् ।

हिजो साँझ ढिस्कोमा आगो तापिरहेको अवस्थामा ढिस्को नै खसेपछि उनीहरु पुरिएको भन्ने खबर पाएपछि प्रहरी उद्दारका लागि पुगेको थियो । तल तटबन्द बनाउनका लागि खनेको स्थानमा माथिको ढिस्को खसेको बताइएको छ ।

अझै पनि केही मान्छे पुरिएको आंशकामा जेसिबी प्रयोग गरी खोजि गरिएको प्रहरीले बताएको छ । ढिस्को खसेको ठाउँमा पानी भएका कारण उद्दारका लागि कठिनाइ भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ माघ ६, बिहीबार ०७:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ