क्यान्सर पीडित महिलालाई १ लाख बढी नगद सहयोग


राजेश पासवान, लहान । निस्वार्थ भावले समाजसेवामा लाग्ने कमै हुन्छन् । असल समाजसेवीहरु असाधारण भावना भएका खुल्ला दिलका मानव हुन् । संघ–संस्थामा आवद्ध रहि दिनरात निःस्वार्थ रुपमा समाजसेवामा लागेर प्राप्त गर्ने के हो भन्दा समाजसेवीहरु भन्छन्आ-त्मसन्तुष्टी र खुशी नै सबैभन्दा ठुलो कुरा हो ।

यसको उदाहरण बनेको छ सप्तरीको बोदे बर्साइन नगरपालिका जोगिया बस्ने क्यान्सर पीडित रामकुमारी पासमानलाई सल्हेश एकता मञ्च नेपालले उपचारका लागि १ लाख १० हजार ६ सय १५ रुपैयाँ सहयोग गरेका छन् ।

केही महिना देखि यो संस्थाले पीडित पासमानको उपचारका लागि कतारमा कार्यरत नेपालीहरुको सहयोगमा अभियान मार्फत उक्त रकम संकलन गरिएको संस्थाका अध्यक्ष दुर्गानन्द पासमानले जानकारी दिएका छन् । सहयोग राशिको रकम संस्थाका सचिव राजेश कुमार पासवानले पिडित पासमानलाइ वडा अध्यक्ष, संस्थाका कोषाध्यक्ष मनोज पासमान, संस्थाका सल्लाहकार मुकेश पासमान र स्थानीय वासीहरुको रोहवरमा हस्तान्तरण गरेको छ ।

उनीहरु भन्छन्- सम्पत्तिवानहरु अकुत धनदौलतको सिरानी हालेर निदाउन सक्दैनन् । तर, सच्चा समाजसेवा गर्ने मानिस निःस्वार्थ रुपमा समाजसेवा गरेर आनन्द प्राप्त गर्छ । जीवनको मुख्य लक्ष्य र प्राप्ति के हो रु खुशी, शान्ति र आनन्द । समाजसेवाबाट समाजसेवीले त्यही प्राप्त गरिरहेका छन् । भोलिको आशा भएन भने मानिसको जीवनको कुनै सार्थकता छैन । भविष्यप्रति हामीले सदैव आशा राख्नुपर्ने हुन्छ । निराशाका घनघोर रात्रीमा पनि मानवलाई बाटो देखाउने भनेको जीजीविषा हो ।

साँचो अर्थमा मानवसेवाको अभिष्ट बोक्नेका लागि अगाडिका सबै समस्या सामान्य लाग्छन् । मानवहीत नै सबै धर्मको सार हो र परोपकारमा नै वास्तविक धर्मको मर्म लुकेको हुन्छ भन्ने उनीहरुको तर्क छ । सयौं हजारौं विद्यार्थीका प्रेरणाका स्रोत र शिक्षा र समाजसेवामा लाग्न सदैव उत्प्रेरित गर्ने समाजका पथप्रदर्शक हुन् समाजसेवीहरु ।

समाजसेवामा निस्वार्थ भावले लाग्ने हो भने सफल बन्न सकिने र समाजले पनि केही प्राप्त गर्न सक्ने निश्चित छ । जनताको विषम् र दुःखद घडीमा सबैका लागि उदाहरणीय र प्रेरणाको स्रोत बनेर समाजसेवीहरु क्रियाशील हुन्छन् ।

प्रकाशित : २०७८ माघ ६, बिहीबार ०८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ