सीके राउत र उनका चम्चाहरुलाई गाउँघरबाट लखेट्नुपर्छ : खालिद सिद्दिकी


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य खलिद सिद्दिकीले पनि जनमत पार्टीका अध्यक्ष सीके राउत र उनका कार्यकर्तालाई गाउँघरबाट लखेट्नुपर्ने अभिव्यक्ति दिएका छन् ।

मधेस आन्दोलनका प्रथम शहिद रमेश महतोको सम्झनामा सिरहामा आयोजित १५ औं बलिदानी सभालाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई अवसरबादी भन्नेहरु जो कोहीलाई गाउँघरबाट लखेट्नुपर्ने चेतावनी दिए ।

उनले भने- उपेन्द्र यादव न सम्धीलाई न छोरालाई कुनै अवसर दिए । उहाँ त्याग र बलिदानीको इतिहास तीन दशकदेखि रचिरहेका छन् तर पनि अवसरबादी भनेपछि दुःख लाग्छ । मधेसी जनता र यूवाले यस्ता तत्वहरुलाई गाउँघर र गल्लीबाट लखेनुपर्ने आवश्यकता छ । चाहे जनमत होस्, चाहे सीके राउत वा उनका चम्चाहरु ।

सिद्दिकी सिरहाको रमौलका हुन् । उनलाई जनता समाजावदी पार्टीले प्रदेश २ बाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित : २०७८ माघ ६, बिहीबार १२:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ