नगरसभाबाट कृष्णनगरका बालविकास सहजकर्ताको तलब बढाइयो


कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको सातौं नगरसभा आव २०७८/०८९ तथा कार्यक्रमको मध्यावधि समिक्षा संसोधन तथा मूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षतामा भएको हो । कार्यक्रममा कार्यपालिका सदस्यरसचिव तथा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की, वडाध्यक्ष हरू, कार्यपालिका सदस्य हरू, कर्मचारी, पत्रकार लगायतको उपस्थितमा सातौं नगरसभा सम्पन्न भएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन नगर प्रमुख शाहले दिप प्रज्वलन गरी गरेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य वडाध्यक्ष छेदी प्रसाद यादवले राखे भने कार्यक्रममा मध्यावधि बजेट समिक्षा लेखा शाखाकी सन्जु आचार्यले आय व्यय प्रस्तुत गरिन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्कीले नगरपालिकाभित्रका प्रमुख समस्याहरूको अवगत नगर प्रमुख शाहलाई गराएका थिए । नगर प्रमुख शाहले बालविकास सहजकर्ता तथा विद्यालय सहयोगी र विद्यालय कर्मचारीको तलब संघिय सरकारले तोकेबमोजिम नगरपालिकाले दिने प्रतिवद्धता जनाए ।

उनले नगरभित्र विकासका हरेक सम्भाव्यताको पहिचान गरि नगरको विकास गरिने बताए । उनले कृष्णनगरमा व्यवस्थित वसपार्कका लागि आजै कार्यपालिकाको बैठकबाट कार्यविधि बनाई अगाडि बढ्ने बताए ।

कार्यक्रममा वडाध्यक्ष संजय कुमार गुप्ता, मोबिन खानले आआफ्नो धारणा राखे । उनीहरुले विकास कार्यलाई तीब्र गतिमा अगाडी बढाउनुपर्ने बताए । कार्यक्रम संचालन इश्वरी प्रसाद पौडेलले गरेको थियो ।

प्रकाशित : २०७८ माघ ६, बिहीबार १८:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ