रेणु यादवलाई मन्त्री पदबाट बर्खास्त गर्न जनमत पार्टीको माग


जनकपुरधाम । जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।

जनमत पार्टीका उपाध्यक्ष ई. दीपक कुमार साहले आज विज्ञप्ती जारी गरेर मन्त्री यादवलाई बर्खास्त गर्न सरकारसँग माग गरेका हुन् । आपराधिक अभिव्यक्ति दिने, हत्या हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

मन्त्री यादवले गौर घटना घटाएको स्वीकार गरेको भन्दै गौर नरसंहारका फरार अभियुक्तहरूलाई सुरक्षाकर्मीहरूले विशिष्ठ सुरक्षा घेरामा राखेर सुरक्षा दिने हैन कि उनीहरूलाई तत्काल पक्राऊ गरी नरसंहार पीडितहरूलाई न्याय दिँदै मधेशमा विद्यमान आपराधिक पार्टीको आपराधिक राजलाई समाप्त पार्न पनि विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।

गौरमा माघ ५ गते आयोजित एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत र उनका कार्यकर्तालाई घेरेर हत्या गर्ने जस्ता हिंसात्मक अभिव्यक्ति दिएकी थिइन् ।

प्रकाशित : २०७८ माघ ६, बिहीबार १८:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ