एसीसीएको परीक्षामा नेपाली छात्रा विश्वकै उत्कृष्ट


काठमाडौं । कीर्तिपुरकी २० वर्षीया रिया मानन्धर एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए)को परीक्षामा विश्वकै सर्वोत्कृष्ट छात्रा बनेकी छन् ।

गत डिसेम्बरमा भएको कर प्रणालीको परीक्षामा विश्वका १३ हजार विद्यार्थीले दिएको परीक्षामा ब्रिटिश प्रोफेसनल कलेजमा अध्ययनरत रिया सर्वोत्कृष्ट बनेकी हुन् । उनले दुई सय पाउण्ड बेलायती पाउन्ड स्ट्रलिङ समेत जितेकी छन् ।

विश्वव्यापी संयन्त्र भएको एसीसीएमा दुई लाख ३३ हजार प्राफेसनल एकाउन्टेन्ट आबद्ध छन् भने १७८ देशका पाँच लाख विद्यार्थी छन् । नेपालमा एसीसीएमा करीव तीन हजार विद्यार्थी छन् ।

प्रकाशित : २०७८ माघ ६, बिहीबार १९:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ