तीन दिनसम्म मौसम सुधार नहुने


काठमाडौं । आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण देशभर नै मौसममा बदली भएको छ ।

केही स्थानहरुमा वर्षा र हिमपात पनि भइरहेको छ । मौसमविद शान्ति कँडेलले आगामी सोमबारसम्म बदलीकै अवस्था रहने बताइन् । ‘केहीबेर घाम लागेजस्तो गरे पनि फेरि बदली भइहाल्छ,’ उनले भनिन् ।

उनका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती, मधेश र प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ । यस्तो अवस्था कम्तिमा सोमबारसम्म जारी रहने पूर्वानुमान मौसमविदले गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबार बिहान ट्वीट गर्दै भनेको छ, ‘आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना छैन । सजग बनौं, सचेत बनौं ।’

प्रकाशित : २०७८ माघ ७, शुक्रबार १०:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ