९ लाख ९० हजार रुपैयाँसहित चौधरी र मण्डल पक्राउ


राजविराज । सप्तरी प्रहरीले स्रोत नखुलेको ९ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ बस्ने २९ वर्षीय राजेश कुमार चौधरी र शम्भुनाथ नगरपालिका वडा नम्बर १२ बस्ने २४ वर्षीय दिलिप कुमार मण्डल छन् ।

राजविराज नगरपालिका ५ मा प्रदेश नं. २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले बताए ।

दुवैलाई उक्त रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ माघ ७, शुक्रबार १०:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ